

ट्रम्पविरुद्ध पक्राउ वारेन्ट जारी

बग्दाद(एजेन्सी)– इराकको एक अदालतले एक इरानी जनरल र एक प्रभावशाली इराकी मिलिशिया नेताको मृत्यु मामलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । अदालतको मिडिया कार्यालयका अनुसार अमेरिकाको ड्रोन हमलामा जनरल कासिम सुलेमानी र अबू माहदी अल मुहंदिसको मृत्यु मामलामा बग्दादको जाँच अदालतका न्यायधिसले पक्राउ वारेन्ट जारी गरेका हुन् ।
सुलेमानी र मुहंदिस गत वर्षको जनवरीमा इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा इरानका शीर्ष सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएको थियो । त्यसपछि अमेरिका र इराकबीच राजनीतिक संकट उत्पन्न भएको थियो र दुवैको सम्बन्धमा कटुता आएको थियो ।
यसपछि इरानले इराकमा अमेरिकी सैन्य केन्द्रलाई निशाना बनाउदै मिसाइल आक्रमण गरेको थियो । यो घटनापछि अमेरिकीको तत्कालिन विपक्षी पार्टी डेमोक्रेट्सले राष्ट्रपति ट्रम्पले संसदलाई जानकारी नै नदिई इराकमा इरानका कमाण्डर जनरल सुलेमानीमाथि ड्रोन हमलाको अनुमति दिएको भन्दै विरोध गरेका थिए । ट्रम्पका विरुद्ध पक्राउ वारेन्ट हत्याको आरोपमा जारी गरिएको हो ।

