राप्रपामा थपियाे एक स्थानीय तह, कपिलवस्तुको शिवराजमा थापा विजयी


काठमाडाैं – राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले थप एक स्थानीय तहमा जित हासिल गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापाले मेयर पदमा जित हासिल गरेका हुन् ।

उनले एमालेका महादेव पोख्रेललाई हराउँदै जित हासिल गरेका हुन् । थापाले ७ हजार ६०२ मत प्राप्त गर्दा पोख्रेलले ७ हजार १२८ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा भने एमालेकी शिवकुमारी चौधरी विजयी भइन् । चौधरी ७ हजार ९५५ मत पारेर विजयी हुँदा राप्रपाकी उम्मेदवार विपासा चौधरी ५ हजार १५९ मत पाएर तेस्रो भइन् ।

दोस्रो स्थानमा भने काँग्रेसकी शारदा कार्की भइन् । यो सँगै राप्रपाको स्थानीय तहमा जित संख्या ३ पुगेको छ ।

प्रतिक्रिया