नवलपरासीको प्रतापपुरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी


नवलपरासी – नवलपरासीको प्रतापपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा कांग्रेसका उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी निर्वाचित भएका हुन् ।

जनता प्रगतिशिल पार्टी(जप्रपा) का करम हुसेन मियाँलाई २ हजार २ सय मत अन्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् । यादवले ६ हजार ८ सय मत ल्याउँदा मियाँले ३ हजार ८ सय ८ मत पाए ।

उपाध्यक्षमा निर्वाचित मानकुमारीले ५ हजार ८५५ मत प्राप्ता गर्दा जप्रपाकी अञ्जुकुमारी चौधरीले ४ हजार २०९ मत ल्याइन् छ । अञ्जुकुमारी २०७४ सालको निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । तर पार्टीले टिकट नदिएपछि उनी जप्रपामा प्रवेश गरी चुनाव लडेकी थिइन् ।

९ वटा वडा रहेको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसले ४, राप्रपाले २ र एमाले, माओवादी केन्द्र र जप्रपाले समान १र१ वडाध्यक्ष जितेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया