
धरानमा अग्रता बढाउँदै हर्क साम्पाङ
कांग्रेस उम्मेदवार किशोर राईलाई २१० मतले पछि पार्दै अघि बढे साम्पाङ
काठमाडौं – धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता बढाएका छन् । उनले नेपाली कांग्रेसका किशोर राईलाई पछि पारेका हुन्।
बुधबार स्थगित भएर बिहानदेखि सुरु भएको मतगणनामा साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई २१० मतले पछि पारेका हुन् ।
लौरो चुनाव चिन्ह पाएका साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत पाएका छन् । सुरुवाती अग्रता लिएका कांग्रेसका राईले ८ हजार ४७९ मत ल्याएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ९४६ मत ल्याएर तेस्रो स्थानमा छन् ।
धरानमा हालसम्म ८, ९, १०, ११, १२, १९ र २० नम्बर वडाको मतगणना भएको छ ।



कागजपत्र |
