

८८३५ मतान्तरसहित काठमाडौंको प्रमुखमा बालेनकाे अग्रता

काठमाडाैं – काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह ८ हजार ८३५ र उपमेयर सुनिता १२ हजार २४१ मतान्तरले अगाडि छिन् ।
महानगरमा ४८ हजार २१३ मत गणना हुँदा लौरो चिन्ह लिएर चुनावमा उठेका बालेनले १८ हजार २८७ मत पाएका छन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ९ हजार ५५२ मत पाएका छन् ।
कांग्रेसकी उम्मेदवार सृजना सिंहले भने ८ हजार ६९८ मत पाएकी छन् । उपमेयरमा एमालेकी उम्मेदवार सुनिताले १८ हजार ४१ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ५ हजार ८ सय मत पाएका छन् ।

