

सप्तरीको बलान-बिहुलकाे अध्यक्षमा सीके राउतको पार्टी विजयी

सप्तरी – सप्तरीको बलान-बिहुल गाउँपालिका अध्यक्षमा जनमत पार्टीले जीत हात पारेको छ । बलान–बिहुल गाउँपालिकाको अध्यक्षमा सीके राउतको जनमत पार्टीका खेमचन्द्र यादव निर्वाचित भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अरुणकुमार गोइत यादवलाई २१ मतको अन्तरले पराजित गर्दै उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १ हजार ८५३ मत ल्याएर निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार गोइतले १ हजार ८३२ मत प्राप्त गरेका छन् ।
उक्त गाउँपालिकाको उपाध्यक्ष पनि जनमत पार्टीले नै जितेको छ । जनमत पार्टीकी रेणु यादव उपाध्यक्षमा निर्वाचित भएकी छन् । रेणुले १ हजार ६०६ मत ल्याएर निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रीताकुमारी यादवले १ हजार ५८४ मत प्राप्त गरेकी छन् । यसअघि जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरसमेत जितेको छ ।

