भरतपुर महानगर अपडेट : रेनु २ सयभन्दा धेरै मतले अगाडि


काठमाडौ‌ – भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई २११ मतले पछि पारेकी छन् ।

अहिलेसम्म १९५८३ मत गनिसक्दा रेनुले ६६०२ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६३९१ मत पाएका छन् ।यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत पाएका छन् ।

उपमेयरमा भने काँग्रेसका चित्रसेन अधिकारी ८०२६ मतसहित पहिलो स्थानमा छन् । उनलाई राप्रपाकी हिमला गुरूङले ५२५३ मत ल्याएर पछ्याइरहेकी छन् ।

भरतपुरमा काँग्रेस र माओवादीबीच चुनावी तालमेल छ ।

प्रतिक्रिया