ललितपुर महानगर अपडेट : चिरिबाबु दोब्बर मतले अगाडि


काठमाडौं – ललितपुर महानगरपालिकाको मतगणना जारी छ ।

पछिल्लो प्राप्त नतिजा अनुसार नगर प्रमुखमा चिरिबाबु महर्जनले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

गठबन्धनको सहयोगमा दोस्रो कार्यकालका लागि काँग्रेसबाट उम्मेदवार बनेका महर्जनले ७ हजार ९२० मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ हजार ४७४ मत पाएका ललिपुरमा चिरिबाबु दोब्बर मतले अगाडि छन् ।

उपप्रमुखतर्फ भने एमाले अगाडि छ । एमालेबाट उम्मेदवार मन्जली शाक्यले ४ हजार ५४ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार माओवादीका नेता बाबुराज शाक्यले २ हजार ५१७ मत पाएका छन्  भने हालसम्म १४ हजार २१६ मतगणना भइसकेको छ ।

प्रतिक्रिया