

बालेनले १० हजार कटाउँदा समीक्षाले कटाईन् सय मत !

काठमाडौं – विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाकी नगरप्रमुख पदका लागि उम्मेदवार समीक्षा बास्कोटाले सय मत कटाएकी छिन् ।
पछिल्लो मतगणनाअनुसार महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार ३५९ मत ल्याएका छन् भने उनलाई नेकपा एमालेका केशव स्थापितले ५५१४ मत सहित पछ्याइरहेका छन् ।
अहिलेसम्मको गणअनुसार त्यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ४७९२ मत ल्याएकी छिन् भने राप्रपाका मदनदास श्रेष्ठले ७४५ मत ल्याएका छन् । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६११ मत प्राप्त गरेका छन् ।
अघिल्लो निर्वाचनमा विवेकशिल र साझा दुई फरक पार्टीबाट उम्मेदवारी दिएका २ उम्मेदवारहरुले करिब ४२ हजार मत ल्याएकोमा यसपटक दुवै पार्टीको एकीकरणपछि उम्मेदवारी दिएकी बास्कोटाले १०७ मत ल्याएकी छिन् ।

