
काठमाडौंमा बालेनकाे फराकिलाे मतान्तर कायमै
काठमाडाैं – काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले ८ हजार २ सय ४८ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४ हजार ३४२ मत पाएका छन् । बालेन र स्थापितबीचको मतान्तर ३ हजार ९०६ रहेको छ ।
यस्तै सत्ता गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंहले ३ हजार ७८१ मत ल्याएकी छन् । बालेन र सिंहबीचको मत अन्तर ४ हजार ४६७ छ ।
हाल महानगरको १ र २ वडाको मत गणना भइरहेको छ ।



कागजपत्र |
