
मोरङ बुढीगंगाको मतगणना रोकियो
मोरङ – मोरङको बूढीगंगा गाउँपालिकामा मतगणना रोकिएको छ । एमालेले बूढीगंगा गाउँपालिका-४ मा पुनः मतगणना हुनुपर्ने माग गरेपछि मतगणना हालका लागि राेकिएकाे हाे।
आइतवार राति सार्वजानिक भएको अन्तिम मत परिणामअनुसार बूढीगंगा-४ मा कांग्रेसका उम्मेदवार शशिकान्त चौधरीले ११ मतान्तरले वडाध्यक्षमा जितेका थिए । चौधरीले ८१९ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार सागर बरालले ८०८ मत पाएका थिए ।
४ नं. वडामा १३ मत हराएको भन्दै एमालले पुनः मतगणना हुनुपर्ने अडान राख्दै मतगणना स्थलबाहिर होहल्ला गरेपछि गणना रोकिएको हो । मतगणना स्थलबाहिर होहल्ला भएपछि गणना रोकिएको निर्वाचन अधिकृत मणिराम पोखरेलले बताए । अन्तिम मत परिणाम आइसकेको स्थानमा कुनै पनि हालमा पुनः गणना नहुने उनले बताए ।



कागजपत्र |
