
निर्वाचन अधिकृतकै हातबाट मतपत्र खोसेर च्यातेपछि…
ओखलढुङ्गा – ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । पालिका वडा नम्बर ३ को मत गणनाको क्रममा माओवादीका उम्मेदवारसँग मत बराबर भएपछि काँग्रेस कार्यकर्ताले एउटा मतपत्र च्यातेका हुन् ।
मतपत्र च्यातेको आरोपमा काँग्रेसका जिल्ला सचिव राजकुमार ढुङ्गाना समेतको समूहले निर्वाचन अधिकृतको हातबाटै मतपत्र खोसी च्यातेका हुन् । मतपत्र च्यात्ने काँग्रेसका जिल्ला सचिव ढुङ्गानासहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा काँग्रेस र माओवादीले गठबन्धन गरेका थिए । गाउँपालिकामा गठबन्धन गरेपनि वडा तहमा भने गठबन्धन गरिएको थिएन ।
चिशंखुगढी गाउँपालिका ३ मा काँग्रेसका तर्फबाट मिन बहादुर आले मगर र माओवादीका तर्फबाट भिष्म श्रेष्ठ वडा अध्यक्षमा उठेका थिए । उनीहरुको मत बराबर भएपछि पुन गणना गर्न थालिएको थियो ।



कागजपत्र |
