मतान्तर बढाउँदै बालेन


काठमाडौं — काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन्।

आइतबार दिउँसो १२ बजेसम्मको गणना अपडेट अनुसार बालेनले २ हजार ६०१ मत प्राप्त गरी अग्रस्थानमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनलाई नेकपा एमालेका केशव स्थापितले १ हजार ४१५ मतका साथ पछ्याइरहेका छन्। पछिल्लो तथ्यांकअनुसार बालेन स्थापितभन्दा ११८६ मतले अगाडि रहेका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ३५९ मत प्राप्त गरी तेस्रो स्थानमा छिन्।

प्रतिक्रिया