काठमाडौं महानगर अपडेट : सिर्जनालाई स्थापितले उछिने, बालेनको अग्रता कायमै


काठमाडौं ( काठमाडौं महानगरपालिकाको मेयर पदका त्रिपक्षीय भिडन्त देखिएको छ ।

स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि छन् भने उनलाई काँग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने काँग्रेसकी सिर्जना १४८ मतका साथ तेस्रोमा छिन् । अघि स्थापित तेस्रोमा र सिर्जना दोस्रो स्थानमा थिए ।

अहिले काठमाडौँको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ । वडा नम्बर १ तीनै जना प्रतिस्पर्धी हाराहारीमा छन् ।

वडा नम्बर ३२ मा भने बालेन प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् ।

प्रतिक्रिया