चुनावका लागि घर गएका सर्वसाधारण काठमाडाैं फर्कन थाले


काठमाडाैं – पालिका चुनावको मतदानका लागि गाउँघर पुगेकाहरु फर्कन थालेका छन् । भोट खसाल्न सहर बजारबाट आफ्नो मतदाता नामावली भएको ठाउँमा पुगेकाहरु मतदान सकिएपछि फर्कन थालेका हुन्।

आज बिहानसम्म विभिन्न नाका हुँदै एक हजार चार सय ९३ वटा गाडी काठमाडाैं भित्रिएका छन् । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यलयका अनुसार चार हजार ९० जना यात्रु उपत्यका भित्रिएका छन् ।

यस्तै काठमाडाैंको विभिन्न नाका हुँदै एक हजार दुई सय ८६ वटा गाडीमा तीन हजार तीन सय ५५ जना यात्रु उपत्यका बाहिर गएको डीएसपी बालनरसिंह राणाले जानकारी दिए ।

उनका अनुसार काठमाडाैं नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, इलामलगायतका जिल्लाबाट आउनेको सङ्ख्या धेरै रहेका छन् । पालिका चुनावका लागि हिजो बिहान ६ बजेदेखि ठप्प रहेका गाडी बेलुकी सात बजेपछि चल्न थालेको थियो ।

यसैबीच काठमाडाैंको सभागृहमा मतगणना हुने भएकाले पद्मोदय मोडबाट सभागृह जाने गाडीलाई शङ्करदेव, पुतली सडक र भद्रकालीबाट डाइभर्सन गरिएको छ ।

प्रतिक्रिया