
नक्कली ट्वीटर अकाउन्टबाट प्रसारित सूचनाको भ्रममा नपर्न कुलमानको आग्रह
काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नक्कली ट्वीटरबाट स्थानीय तह निर्वाचनसम्बन्धी गलत सूचनाहरु सम्प्रेषण भइरहेको जनाएका छन् ।
घिसिङले एक विज्ञप्ति जारी गर्दै आफ्नो नाम र तस्बिर प्रयोग गरी खोलिएको नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेको जनाएका हुन् ।
उनले प्रशारित सूचनाहरुको भ्रममा नपर्नका लागि पनि सबैलाई आग्रह गरेका छन् । घिसिङले आफूलाई विवादमा ल्याउनका लागि कसैले नक्कली अकाउण्ट बनाएको हुनसक्ने समेत बताए ।
‘मेरो आधिकारिक ट्वीटर ह्यान्डल २प्ःन्जष्कष्लन रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको व्यहोरा प्रस्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु’, कार्यकारी निर्देशक घिसिङले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगरी दिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’



कागजपत्र |
