प्रचण्डकै छोरी गंगाले गरिन् मौन अवधिकाे उल्लंघन्, रेणुको तस्बिर राख्दै प्रचार–प्रसार !


काठमाडौं – निर्वाचन आयोगले पर्सी अर्थात् वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मौन अवधिको घोषणा गरिसकेको छ ।

निर्वाचन आयोगले मौन अवधिमा प्रचार–प्रसारलगायतका कार्यमा प्रतिबन्ध लगाईसकेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी सचिवालय सदस्य गंगा दाहालले सामाजिक सञ्जालमार्फत मत मागेकी छिन् ।

गंगा दाहालले बुधबार मध्यान्ह १२ बजेर ३४ मिनेटमा सामाजिक सञ्जालमा ‘गठबन्धनका उम्मेदवरलाई भोट किन ?’ शीर्षक दिइएको पर्चालाई शेयर गरेकी छिन् ।

मौन अवधिमा प्रचार प्रसारका लागि रोक लगाएको निर्वाचन आयोगको निर्देशनविपरित दाहालको उक्त पोष्ट आएको थियो ।

अहिले भने उनले फेसबुक वालमा उक्त पोष्ट हटाइएसकिएको देखिएको छ । उनको उक्त पोष्ट हटाइसकिए पनि उनका यसअघिका पोष्टमा त्यही पोष्ट राखेर निर्वाचन आयोग र उनीप्रति मौन अवधिको बखत प्रचार प्रसार नगर्नका लागि सचेत गराइएका कमेन्टहरु देखिइरहेको छ ।

प्रतिक्रिया