पत्रकार सम्मेलन गर्दै पूर्वएन्फा अध्यक्ष गणेश थापा


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

थापाले वर्तमान नेतृत्व कर्मा छिरिङ शेर्पाको नेतृत्वले कपोलकल्पित आरोप लगाएको बताउँदै आफूले भोगेको मानसिक पीडाको अन्त्यको माग गर्दै पत्रकार सम्मेलन गर्ने जनाएका हुन् ।

थापाले विगत सात वर्षदेखि आफू र आफ्नो परिवारले पीडा भोगेको बताउँदै सत्य तथ्यका पत्ता लगाई दोषी माथि कारबाहीका लागि आगामी योजना र कार्यक्रम सार्वजनिकका लागि पत्रकार सम्मेलन गर्ने बताएका छन् ।

 

 

प्रतिक्रिया