


बलात्कार मुद्दामा प्रदेश सांसद रावलले पाए सफाइ

कैलाली – नेपाल कम्युष्टि पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलका सचेतक अक्कल रावलले सफाइ पाएका छन् ।
बुधबार जिल्ला अदालत कैलालीले रावललाई सफाइ दिएको हो । गत माघमा सासद रावललाई जवरजस्ती करणी मुद्धा लागेको थियो।जिल्ला अदालत कैलालीको १ नम्बरको इजलासले रावललाई सफाइ दिएको हो ।
सफाइ पाएसंगै रावल मन्त्री बन्ने बाटो खुलेको हो।रावल अछामको २ नम्बर क्षेत्रको प्रदेश सभा क बाट निर्वाचित हुन्।

