देशभर थप ४०९ नयाँ संक्रमित, ६ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४९५ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५६ हजार १६१ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८९९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ छ ।

प्रतिक्रिया