आईपीएलः कोलकातासँग हार्‍यो मुम्बई


काठमाडाैँ– इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा कोलकाताले मुम्बई इन्डियन्समाथि ५२ रनको फराकिलो जित हात पारेको छ।

सोमबारको खेलमा पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो। कोलकाताका लागि वेन्कटेश अय्यर र नितिश रानाले समान ४३ रनको पाली खेलेका थिए। मुम्बईका जसप्रित बुमराहले ५ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बई १७ ओभर ३ बलमा ११३ रनमा समेटियो। मुम्बईका इशान किसनले ५१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए भने आन्द्रे रसेले २ विकेट हात पारे ।

मुम्बईको लागि जारी आईपीएलमा यो नवौं हार हो। लिगको पुछारमा रहेको मुम्बईले ११ खेलबाट ४ अंक हात पारेको छ। कोलकाताले भने १२ खेलबाट १० अंक जोडेको छ।

प्रतिक्रिया