कुन प्रदेशमा कस्तो हुनेछ आजको मौसम ?


काठमाडौं – देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी प्रदेशका पहाडी  भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया