हावाको पानी पिउछन् इजरायली


गाजा(एजेन्सी)– पिउन योग्य पानीको अभावसँग जुधिरहेको विश्वका लागि इजरायलबाट एउटा राहतको खबर बाहिर आएको छ । इजरायलको एक कम्पनीले हावाबाट पानी बनाउने प्रविधिको विकास गरेको छ । सौर्य उर्जाको प्रयोग गर्दै यहाँको हावाबाट पानी बनाउन थालिएको छ । बढी जनघनत्व भएको गाजा पट्टीमा लामो समयदेखि मानिसहरु पानीको संकटसँग जुधिरहेका थिए । तर नयाँ प्रविधिको प्रयोगले हावाबाट सिधा पिउने योग्य पानी निकाल्न थालिएपछि उनीहरु खुशी भएका छन् ।

हावाबाट पानी बनाउने यो अवधारणा रुसी–इजरायली अरबपति माइकल मिरिलाश्विलीको सोचबाट शुरु भएको हो । उनको वाटरजेन नामक कम्पनीले एटमोस्फियरिक वाटर जनरेटर विकसित गरेको छ । जो वायुको आद्रताको आधारमा प्रतिदिन ५ हजारदेखि ६ हजार लिटरसम्म पिउन योग्य पानी उत्पादन गर्न सक्छ ।

वाटरजेनको केही मेसिनले गाजामा हावाबाट पिउन योग्य पानी बनाउने काम गरिरहेको छ । कम्पनी २० लाख मानिसको पानी पिउने चाहना पुरा गर्न धेरै टाढा छैन । यी मानिसहरु इजरायल, मिस्र र भूमध्य सागर बीचमा रहेको रहेको टापुमा बस्दछन् ।

फिलिस्तीनी सिविल सोसाइटी गुप डामोरका एक इन्जिनियर फथी शेख खलील यसलाई शुरुवात मात्र मान्छन् । उनका अनुसार जब वायुको आद्रताको स्तर ६५ प्रतिशतभन्दा माथि हुन्छ, त्यो समयमा वाटरजेनको मेसिनले करिब ५ हजारसम्म पानी उत्पादन गर्न सक्छ ।

कैयौं अध्ययनले गाजाको खराब पानीले मानिसलाई मृगौलामा पत्थरी र झाडा पखाला जस्तो रोग लाग्ने गरेको देखाएको छ ।

प्रतिक्रिया