

राजावादीको आन्दोलनमा प्रजातन्त्रको गीत!

इटहरी– राजसंस्था र हिन्दू धर्म सापेक्षता स्थापनाका निम्ति सुनसरीको इटहरीमा बुधबार राजवादीले गरेको आन्दोलनको कार्यक्रममा प्रजातन्त्रको गीत बजाइएको छ।
बृहत मोटरसाइकलसहितको प्रदर्शनका लागि आह्वान भएको कार्यक्रममा प्रजातन्त्रका निम्ति बजाइने ‘गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ’ भन्ने गीत बजाइएको हो। ‘यो देशको मुहार फेर्न’का लागि स्वभाविक रुपमा यो गीत बजेको आयोजकले बताएका छन्। खासगरी देशलाई विदेशीको परेड खेल्ने भूमी बनाएको गणतन्त्र अभिसाप भएपछि राजासहितको प्रजातन्त्रको मागका लागि यो गीत बजाइएको उनीहरूको भनाई छ।
पञ्चायतविरुद्धको आन्दोलनमा कम्युनिस्ट र प्रजातन्त्रवादीले यो गीत बजाउँदै जागरण ल्याएका थिए। जसलाई हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले ‘बलिदान’ फिल्ममा समावेश गरेका थिए।

