

हवानाको होटल विष्फोटमा २७ जनाको मृत्यु

काठमाडाैं – क्युबाको हवानास्थित साराटोगा होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताहरूले आफ्नो कार्य जारी राखेका छन् । होटलमा शनिवार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको अधिकारीहरूले बताएका छन् ।
साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिएको जनाइएको छ । यस विस्फोटमा परी घाइते भएका ३७ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
यद्यपि यसअघि ४६ जनालाई अस्पताल भर्ना गरिएको समाचार दिइएको थियो । रेडक्रसका एक अधिकारीले यस विस्फोटमा ३२ जनाको मृत्यु भएको जानकारी दिएपछि अन्योल भएको थियो । यस विस्फोटबाट ज्यान गुमाउनेको यो संख्यालाई पछि ‘त्रुटि’ भनिएको थियो ।

