स्थानीय तह निर्वाचन : सुर्खेतमा पनि मादक पदार्थ बिक्री वितरणमा रोक


सुर्खेत – सुर्खेतमा चुनावको समयमा मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले आइतबार एक सुचना जारी गर्दै मतदानको कार्य सम्पन्न नभएसम्मको लागि मदिरा बिक्री वितरणका रोक लगाइएको जानकारी गराएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइएको जानकारी दिए ।

उनले भने, ‘मादक पदार्थको सेवन तथा बिक्री वितरण गर्ने कार्यले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा अवरोध सिर्जना गर्न सक्ने भएकाले रोक लगाइएको हो ।’

साथै सूचना विपरित गतिविधि गरेको खण्डमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत उनले बताए ।

प्रतिक्रिया