चुनावका दिन देशैभर कोरोनाविरुद्धको खोप अभियान बन्द !


काठमाडौं – देशैभर आगामी वैशाख ३० गते कोरोनाविरुद्धको खोप नलगाइने भएको छ । स्थानीय तह निर्वाचनको मतदानको मितिका दिन देशभरका विभिन्न अस्पताल तथा कार्यालयहरुमा सञ्चालित कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वैशाख ३० गतेका दिन मतदान सम्पन्न गर्न मतदानस्थलहरुमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीले मताधिकार प्रयोग गर्नुपर्ने भएकाले सो दिन खोप अभियान सञ्चालन नहुने बताएको हो ।

मन्त्रालयका अनुसार निर्वाचन अघि र पछिका दिनमा भने यथावत् रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

May be an image of text

प्रतिक्रिया