निर्वाचनलक्षित पत्रकार सम्मेलन गर्दै एमाले


काठमाडौं – स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेकपा एमालेले पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पार्टी कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलन आज बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुनेछ ।

समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया