यसकारण दिएन सर्वोच्चले आईजी विवादमा अन्तरिम आदेश (आदेशको पूर्णपाठसहित)


काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सरकारको निर्णय कार्यान्वयनमा गइसकेकाले अन्तरिम आदेश दिन नपर्ने जनाएको छ ।

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाससले यस्तो आदेश दिएको हो । पोखरेलले सोमबार दायर गरेको रिटमा बुधबार र बिहीबार दुईदिन सुनुवाई भएको थियो ।

‘निवेदकले रोक्न माग गरेको निर्णय कार्यान्वयन भई विपक्षी धिरज प्रताप सिंहले काम सुरु समेत गरिसकेको भन्ने देखियो । निवेदकले उठाउनु भएको कानूनी प्रश्नका सम्बन्धमा पूर्ण सुनवाइका समयमा विवेचना भई न्यायिक निरोपण हुने नै हुँदा हाल निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन,’ आदेशमा उल्लेख छ ।

आदेशः

प्रतिक्रिया