केही दिन मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ – स्वास्थ्य मन्त्रालयले मौसममा केहीदिनदेखि आएको परिवर्तनका कारण वायु प्रदूषण बढेको भन्दै मर्निङ वाक नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै यस्तो आग्रह गरेका छन् । “केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ,’ उनले भनेका छन्, ‘यसले श्वासप्रश्वासमा कठिनाईलगायत विविध स्वास्थ्य समस्याहरु देखा पर्दछ । वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्नसक्ने प्रभावहरुलाई मध्यनगर गरी नेपाल सरकारले मापदण्डहरु तोक्न सक्ने व्यवस्था जनस्वास्थ्य सेवा ऐन २०७५को दफा ४० मा गरिएको छ । उक्त व्यवस्थाअनुसार मापदण्डहरु तोकी नसकिएको र हालको वायु प्रदुषणको अवस्थालाई मध्यनजर गरी आकस्मिकरुपमा निम्नअनुसारका काम गर्नुहुन सरोकारवाला सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रिया