

दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।
अनुसन्धानकर्ताहरूले स्थानीय समय अनुसार बिहान २स्१५ बजे (०९१५ जिएमटी)रिभरसाइड सहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि त्यहाँ पुगेका थिए । घटना बारे अनुसन्धान जारी छ।

