सुख्खा पहिरोमा परी जुम्लामा दुई बालकको मृत्यु


काठमाडौं – जुम्लामा सुख्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ । तीला गाउँपालिका -२ को डण्डेलीमा नयाँ घर निमार्णका लागि खनेको जगमाथिबाट सुख्खा पहिरो खसेको हो ।

पहिलोमा परी वर्ष ३ का शिशिर बोहोरा र ३ वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ । पहिरोमा परी रण बहादुर बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएकी छन् ।

प्रतिक्रिया