

आशिफ शेखको उत्कृष्ट पारीसँगै जिम्बाबेविरुद्ध नेपालको शानदार जित

काठमाडौं – नेपालले जिम्बाबेविरुद्धको दोसो टी–२० खेलमा शानदार जित हात पारेको छ ।
कीर्तिपुर मैदानमा पाएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै जित हात पारेको हो ।
नेपालको जितमा ओपनर आशिफ शेखले अविजित ८७ रन बनाए भने कुशल भुर्तेलले ३४ रन बनाएका थएि । त्यस्तै बसिर अहमदले १० रन बनाएका थिए भने दीपेन्द्र सिंह ऐरी शुन्य रनमा अविजित रहे ।
त्यसअघि कप्तान सन्दीप लामिछानेले कसिलो बलिङ र फिल्डरहरुको उत्कृष्ट प्रदर्शनले जिम्माबेले २० ओभरमा १३६ रनमात्र बनाउन सकेको थियो ।

