अपडेटः रोशी दुर्घटनाका मृतक ५ को सनाखत, घाइतेको धुलिखेलमा उपचार हुँदै


काभ्रे – बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका खण्डमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका ५ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० बर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ बर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ बर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काठमाडौँबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी५८ टी ८१८१ नम्बरको यात्रुबहाक मिनीबस र ना १ ज ४२१० नम्बरको टाटासुमो एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।

प्रतिक्रिया