काभ्रेमा टाटासुमो र भारतीय मिनीबस ठोक्किएर दुर्घटना हुँदा ५ को मृत्यु, १८ घाइते


काभ्रे – बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका खण्डमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट भारततर्फ जाँदै गरेको यात्रुवाहक (तीर्थयात्री बोकेको) मिनी बस र सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको टाटासुमो बुधबार दिउँसो एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । भारतीय नम्बरप्लेट रहेको यूपी५८ टी ८१८१ नम्बरको मिनीबस र ना १ ज ४२१० नम्बरको टाटासुमो एकापसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा परी १ बालकसहित ५ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाबारे पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले दुर्घटनास्थलमा प्रहरीले उद्धार सुरु गरिसकेको बताएका छन् ।

प्रतिक्रिया