भिलारियललाई हराउँदै लिभरपुल च्याम्पियन्सल लिगको फाइनलमा


काठमाडौँ- लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा भिलारियललाई समग्रमा ५–२ गोल अन्तरले पराजित गर्दै लिभरपुलले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

पहिलो लेगमा २–० गोल अन्तरले विजयी भएको लिभरपुलले दोस्रो लेगमा ३–२ गोल अन्तरको जित हात पारेको हो।

मंगलबार राति भएको दोस्रो लेगको खेलको पहिलो हाफमा नै २ गोलले पछि परेसँगै लिभरपुलको फाइनल यात्रा समस्यामा देखिएको थियो। तर, दोस्रो हाफमा ३ गोल थप्दै लिभरपुलले सहज जित हात पारेको हो।
अब फाइनलमा लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया