रुकुम (पूर्व) मा पुग्यो ३९ हजार मतपत्र


रुकुम पूर्व – रुकुम(पूर्व) मा आसन्न स्थानीय तह निर्वाचनका लागि ३९ हजार मतपत्र आइपुगेका छन् । ती मतपत्रलाई सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।

मतपत्रसँगै निर्वाचनका लागि आवश्यक सामग्री पनि जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए ।

निर्वाचन सामग्री जिल्लामा आइपुगेसँगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीव्ररूपमा अगाडि बढिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली पनि प्रकाशन गरिसकिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि २२ गते रुकुमकोटमा रहेको रुक्मिणी माविको हलमा तालिम सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया