माओवादीका आधिकारिक र बागी उम्मेदवार पक्षबीच झडप, ६ जना घाइते, ३ काे अवस्था गम्भीर 


काठमाडाैं – माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबीच झडप हुँदा रुकुम पश्चिममा ६ जना घाइते भएका छन् ।

त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबीच झडप हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टिकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । घाइते तीन जनालाई नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

 

प्रतिक्रिया