
गोरखामा जन्ती बोकेको जिप दुर्घटना तीन जनाको मृत्यु
काठमाडौं – गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्वरको जिप रोकिराखेको अवस्थामा एक्कासि गुडेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिका, चनौटेका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का उत्तरकुमार सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘गाडी रोकेर चालक बाहिर निस्केको रहेछ,’ डिएसपी लिलाराज लामिछानेले भने, ‘त्यही बेला एक्कासि गाडी पछाडि गुडेर तल खसेछ ।’ जिल्ला ट्राफिक इन्चार्ज प्रकाश पोखरेलका अनुसार गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिए ।



कागजपत्र |
