
भरतपुरमा आगलागी हुँदा साढे ५ करोडभन्दा बढी क्षति
काठमाडौँ– चितवनको भरतपुरमा आगलागी हुँदा ठूलो क्षति भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो।
राति २ बजेतिर सुरु भएको आगलागी अघि बिहान ७ बजे मात्र नियन्त्रण गर्न सएिको उनले बताए।
आगलागीबाट त्यस घरमा रहेका ६ वटा पसल जलेको र साढे ५ करोडजति धनमाल नष्ट भएको पसल सञ्चालकहरूले बताएको डीएसपी अधिकारीले जानकारी दिए। ‘घरमा सहकारी संस्था पनि छन्, त्यसमा पनि क्षति भएको छ,’ उनले भने, ‘क्षतिको एकीन विवरण आउन बाँकी छ।



कागजपत्र |
