

विराटनगरका मेयर पराजुलीले दिए राजीनामा

काठमाडौं – विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । मेयर पराजुलीले स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी हुनुपर्ने भन्दै बुधबार राजीनामा दिएको बताएका हुन् ।
‘म नेपाली काँग्रेसको केन्द्रीय सदस्य पनि हुँ । आसन्न निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकोले वर्तमान अवस्थामा बहाल रहेको प्रमुखको पदमा बसिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकोले १४ वैशाखदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको छु’, पराजुलीको राजीनामा पत्रमा भनिएको छ ।

