५ अङ्कले बढ्यो नेप्से, एक अर्ब रुपैयाँकाे काराेबार


काठमाडाैं – शेयर बजार आज बुधवार सामान्य बढेको छ । दिनभर नै घटबढ भइरहेको नेप्से बन्द हुने बेलामा पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार तीन सय ७६ दशमलव १७ विन्दुमा पुगेको छ ।

आज बैंक, व्यापार, लघुवित्त र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । आज दुई सय २८ कम्पनीका २८ लाख ८५ लाख कित्ता शेयर एक अर्ब आठ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको पाँच करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

शेयर बजार बढेकाे दिन जालपा लघुवित्तको शेयर १० प्रतिशतले र नेपाल फाइनान्सको शेयर झन्डै सात प्रतिशतले बढेको छ । माउन्टेन इनर्जी नेपाल र मानुषी लघुवित्तको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया