नाम्खा-६ मा वडाध्यक्षसहित सबै निर्विरोध


हुम्ला – नाम्खा गाउँपालिका–६ को वडाध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परसँगै सबै निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा पाल्जोर तामाङको एकल उम्मेदवारी परेको थियो ।

वडा सदस्यमा हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाँङ गाउँबाट महिला सदस्य पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामाको मात्रै एकल उम्मेदवारी परेको थियो । गत ३० मंसिरमा लिमेली जनताले पाल्जोर तामाङलाई अध्यक्षमा दोहोर्‍याउने निर्णयसहित वडा सदस्यहरु पनि सोही दिन टुंगो लगाएका थिए ।

प्रतिक्रिया