शिवपुरी निकुञ्जकाे तारेभिर क्षेत्रमा भीषण आगलागी


काठमाडौं – काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण डढेलो भएको छ । हेलिकप्टरकाे मद्दतले आगो निभाउने  प्रयास गरिएको छ । तारेभीरमा आगो नियन्त्रणमा लिन दमकल र ट्यांकर पनि परिचालन गरिएको छ ।

डढेलो नियन्त्रणमा लिन घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेशराज मैनालीले बताए ।

यसैबीच काठमाडौंको सोह्रखुट्टे स्थित म्हेपी जंगलमा पनि आगो लागेको छ । टोखास्थित सपन तिर्थ जंगलमा पनि आगो लागेको एसपी मैनालीले जानकारी दिए ।

प्रतिक्रिया