सुनको भाउ ९०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुदैछ कारोबार ?


काठमाडौं – सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजोको जस्तै तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया