रसुवामा गठबन्धन दलकाे छुट्टाछुट्टै उम्मेदवार दर्ता


रसुवा – रसुवामा सत्तारुढ गठबन्धन आवद्ध दलले छुट्टाछुट्टै उम्मेदवार दर्ता गरेका छन् । साेमबार दिउँसोसम्म पनि सहमतिको प्रयास भएकोमा सहमति नभएपछि सबै दलले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रले साेमबार अपरान्ह ४ बजेपछि उम्मेदवारी दर्ता गराएको जनाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच गठबन्धन गरी चुनाव लड्ने तयारी भएको थियो ।

नेकपा माओवादी केन्द्रका संयोजक मेघनाथ घिमिरेले गठबन्धन टुटेसँगै उम्मेदवारी दर्ता गरिएको बताए ।

जिल्लामा अहिले उम्मेदवारी दर्ताको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बैशाख ३० गते हुने स्थानीय चुनावका लागि रसुवामा १७ दलले भाग लिँदै छन् । पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् ।

प्रतिक्रिया