राष्ट्र बैंकको निष्कर्ष: नेपालमा १५ वटाभन्दा बढी वाणिज्य बैंक आवश्यक नपर्ने


काठमाडौं  – नेपाल राष्ट्र बैंकले १५ वटाभन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको निष्कर्ष निकालेको छ। केन्द्रिय बैंकले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको देखाएको हो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउन मर्जरमा जोड दिँदै आएको छ। सोहि क्रममा नेपाल राष्ट्र बैंकले एक सर्वे गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीइओ,सञ्चालक तथा विज्ञ गरेर २३० जनामा सो सर्वे गरेको हो।

सर्वेमा ५० प्रतिशतभन्दा धेरैले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक भए पुग्ने राय दिएका थिए। उनीहरुले अहिलेको अवस्थामा नेपालमा १५ वटा भन्दा धेरै वाणिज्य बैंक नचाहिने राय दिएका हुन।

यस्तै ५ प्रतिशतले ५ देखि १० वटा बैंक हुनुपर्ने राए दिएका छन् भने १५ प्रतिशतले १६ देखि २० वटा बैंक चाहिने राय दिए । बाँकीले भने २० देखि २५ बैंक हुनुपर्ने राय दिएका छन्।

सर्वेमा सहभागीमध्ये ५७ प्रतिशतले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्नेमा बताएका छन् भने २० प्रतिशतले फोर्स मर्जर गर्नुपर्ने बताएका छन्। ६१ प्रतिशतले मर्जरले कमजोर र बलिया बैंक तथा वित्तीय संस्थाविच मर्जर गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया