पदको लोभकै कारण संसद विघटनः पूर्वमन्त्री मगर


कञ्चनपुर – निवर्तमान खानेपानी मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य बिना मगरले प्रधानमन्त्रीले जनाताका लागि भन्दा पनि पदको लोभकै कारण संसद विघटन गराएको बताएकी छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपा बेलौरी नगरकमिटीले आयोजना गरेको नगर कमिटी भेलालाई सम्बोधन गर्दै निवर्तमान खानेपानी मन्त्री मगरले प्रधानमन्त्रीले जनताका लागि भन्दा पनि पदकै लागि संसद विघटन गराएको आरोप लगाईन्। “प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन। मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ । मात्र उहाँलाई पदको चिन्ता रहेछ।”

“जनतामाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गराउनुभयो । यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै लामो समय छैन,” मगरले भनिन् ।

प्रतिक्रिया