मेस्सीले जिताए पीएसजीलाई लेग वान उपाधी


काठमाडाैँ- १० खेलाडीमा सीमित लेन्ससँग बराबरीमा रोकिए पनि पेरिस सेन्ट जर्मेनले लिग वानको उपाधि जित्न सफल भएको छ । तर समर्थकहरू भने रुष्ट बनेर चाँडै स्टेडियम छाडेर बाहिरिएका थिए । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो ।

अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।लियोनेल मेस्सीले खेलको ६८ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । लिग वानमा उनको यो चौथो गोल थियो । तर कोरेटिन जिनले खेलको अन्त्यतिर गोल गर्दै खेल बराबरी गरे । म्यानेजरका रूपमा माउरिसियो पोचेटिन्होको यो पहिलो लिग उपाधि हो ।

प्रतिक्रिया