अवसरवादी कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भयो : महासचिव मोहन वैद्य


काठमाडौं –  नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले अवसरवादी कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा वैद्यले सुरु–सुरुमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन् ।

उनले प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको टिप्पणी पनि गरे । उनले जनयुद्धका बेला प्रतिकृयावादीको रक्षा कवज भन्दै एमाले प्रवृतिका विरुद्ध संघर्ष गरेको र पछि गएर अवसरका खोज्दै प्रचण्डले त्यही एमालेसँग एकता गरेको  बताए ।

सामन्तवादीको रुपमा रहेको कांग्रेसलाई टेकोसो लगाएर गठबन्धन सरकार बसको टिप्पणी गर्दै वैद्यले गठबन्धन सरकारले देशलाई केही गर्न नसक्ने धारणा राखे । पुरानो राज्यसत्ता हटाउनसँगै लडेपछि ओली र प्रचण्डलाई अहिले पुरानो राज्यसत्ताको बन्दुकले बचाइरहको उनको भनाइ छ ।

प्रतिक्रिया